आयोगले २०७९/८० का लागि नयाँ वार्षिक कार्यतालिका सार्वजनिक गर्दै असोज मसान्तसम्म प्राथमिक, निम्न माध्यमिक तहको द्वितीय र प्रथम श्रेणी बढुवाको नतिजा सार्वजनिक गर्ने र असोज मसान्तसम्म सिफारिस गर्ने जनाएको छ । त्यस्तैगरी खुलातर्फ माध्यमिक, तृतीय असोज/कात्तिकमा नतिजा निकाल्ने र मंसिरमा अन्तर्वार्ता गरी पुसमा सिफारिस गर्ने जनाएको छ ।
कार्यतालिका अनुसार निम्न माध्यमिक, तृतीयको नतिजा कात्तिक/मंसिरमा अन्तवार्ता पुसमा र सिफारिस माघभित्र हुनेछ । प्राथमिक, तृतीयको कात्तिक/मंसिरमा र अन्तर्वार्ता माघ/फागुनमा र सिफारिस फागुन/चैतमा हुनेछ ।







