उषाकिरण निर्वाचनको उम्मेदवारी चर्चाले हैरानी,आफू कुनै क्षेत्रबाट तयारी नगरेको जिकिर ।उषाकिरण भण्डारी पछिल्लो समय मदन भण्डारी फाउण्डेसनमा सक्रिय छिन्। उनी नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीमा आवद्ध छ्न भने आउदै गरेको निर्वाचनमा आफ्नो उम्मेदवार दिनलागेको भनी खबरहरुबाट आफू हैरानी भएको बताएका छ्न।
उषाकिरणले भने प्रतिनिधिसभा वा प्रदेशसभाको निर्वाचनमा लड्ने कुनै पनि योजना नरहेको उनको भनाइ छ। सार्वजनिक भइरहेका खबर अफवाह रहेको भण्डारीको भनेका छ्न।
म चुनाव लड्दैछु भनेर गरिएका प्रचारले दिक्क भइसकें। संसदीय चुनावमा प्रत्यक्ष लड्ने वा समानुपातिकमा बस्ने विषयमा मेरो कुनै रूची छैन। काठमाडौं–२ मा लड्ने भन्ने कुरा निराधार हो, उनले भनिन् र आफू मदन भण्डारी फाउण्डेसनमै केन्द्रित हुने उनले बताइन् यद्यपि उनि राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी समेत भएको हुनाले तथा युवा भएकोले पनि उनको चर्चा भएको आकलन गर्न सकिन्छ।







