नेवा:देय दबुद्वारा कमेडी क्याफेले प्रस्तुत गरिएको नेवाहरुको विशेषता परम्परामाथी गरिएको गलत प्रस्तुतिप्रति गम्भीर ध्यानाकर्षण गरि आज एक प्रेश बिज्ञप्ति जारी गरिएको छ।
उक्त बिज्ञप्ति कमेडि क्याफे नामको कार्यक्रममा कलाकार अपुर्व छितिज सिडले आफ्नो प्रस्तुति प्रस्तुत गर्ने क्रममा नैवाःहरुकोभाषिक विशेषता र परम्परागत थातथलोलाई लिएर गरिएको तल्लो स्तरको प्रस्तुतलाई काठमाण्डौ उपत्यकाकाआदिवासी नेवा: समुदायले गम्भीर रुपमा लिएको छ ।
यो प्रस्तुति नेवाः समुदायको भाषा, संस्कृति र सभ्यतामाथि नै प्रहार भएको आम नेवाः समुदायले महसुस गरेका छन् । यो बास्तवमा भाषिक मानवअधिकारलाई समेत लक्षित गरी गरिएकोभाषिक हिंसा हो । नेपालको संविधानले नै जाती, भाषा, संस्कृतिको विविधतालाई स्वीकार गरेको अवस्थामा यस्तोप्रकारको भाषिक हिंसा गर्ने कामले सिंगो नेवाः समुदायलाई चोट पुऱ्याएको छ ।
उक्त प्रस्तुतिले भाषाको सवालमा मात्र हैन नेवा: समुदायको समवेदना र सभ्यतासंग जोडिएको संस्कृतिमा समेत प्रहार भएको छ । भाषिक सहिष्णुतालाई बेवास्ता गरी जुन किसिमले नेवाः संस्कृति माथी प्रहार गरेको छ त्यो कुनैपनि कोणबाट कलाकारिता हुनसक्दैन । सिंगो समुदालाई नै प्रहार गरेका कारण नेवाः समुदाय आक्रोशित भएको अवस्था छ । यो प्रस्तुती नश्लीयता सम्बन्धि अपराध र भाषिक हिंसा पनि भएकोले तत्काल सम्बन्धित पक्षले माफि माग्दै युट्यूव लगायता अन्य सामाजिक सञ्जालमा राखेको सो प्रस्तुति तत्काल हटाइयोस् ।
अन्यथा यसै कारणले कुनै असहज परिस्थिति श्रृजना भएमा कार्यक्रम आयोजक,प्रस्तुतकर्ता र अन्य संलग्न सरोकारवाल पक्ष स्वयं जिम्मेवार हुनेप्रति पनि सचेत गराउँन चाहान्छौं।







