साताको पहिलो दिन आइतबार नेपालको शेयर बजारमा उचाल आएको छ नेप्से परिसुचक ३८.३२ अंकले बढेर २९८३.३२ बिन्दुमा बढेको हो। २२० कम्पनीको कारोबारमा ३ करोड ६० लाख किटा शेयर १९ अर्ब ५५ करोड रुपैयाको आज कारोबार भएको छ।
आज भएको कारोबार कम्पनी मध्य १२७ वटा कम्पनी को शेयर मुल्य बढेको छ भने ८८ वटा कम्पनीको मूल्य घटेको छ र ५ वटा कम्पनीको शेयर मुल्य स्थिर भएको छ ।

यस दिन नेप्से र कारोबार रकमले नयाँ रेकर्ड कायम गरेसँगै ३ दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये विकास बैंक, फाइनान्स कम्पनी, जलविद्युत कम्पनी र होटलहरु रहेका छन्। यस दिन श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य यस दिन १० प्रतिशत बढेको छ।

यस दिन नेपाल इन्सुरेन्स कम्पनि को शेयर मुल्य मा ५.६२ प्रतिशत ले कमि आएको छ जुन घट्ने मध्ये को सबै भन्दा तुलनात्मक बढीले घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय