काठमाडौ क्षेत्र नम्बर ५ तथा सिङ्गो बूढानीलकण्ठ नगरपालिकामा एमालेमा परिवारवाद तथा किचन क्याबिनेटका र आफ्नै वरिपरिका ब्यक्तिले मात्र राजनैतिक अवसरहरु प्रदान गर्ने गरेको गम्भीर विषयको नेकपा एकीकृत समाजवादीका नेता दिपक के.सि खुलासा गरेका छन ।

एमालेका बरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफू निर्वाचनमा पराजित भएको समयमा आफनै श्रिमतीलाई समानुपातिक उम्मेदवारको सिफारिस गरिएको,आफनै वरिपरिका रत्ना गुरुङलाई संघीय सभासद बनाए भने सभासद बाट हट्ने बितिकै फेरि श्रिमानलाई बनाए र यसरी आलोपालो सभासद बनाइरहे भन्दै व्यंग्य गर्दै नेता दिपक के.सि ले भने “कि आलु कि तामा,कि तामा कि आलु” भन्दै एमाले हुने राजनैतिक अवसर प्रदान गर्ने विषयमा  व्यङ्ग्यात्क टिप्पणी गरेका हुन ।

काठमाडौ क्षेत्र नम्बर ५ मा बर्तमान समयमा यहि मंसिर ४ गते हुने संघको निर्वाचनमा नेकपा एमालेका बरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार रहेको छ्न भने काठमाडौ क्षेत्र ५ क मा नारायण सिलबाल र काठमाडौ क्षेत्र ५ ख मा दिपक निरौला प्रदेशसभा सदस्य उम्मेदवार रहेका छन ।

नेपाली काङ्ग्रेस द्वारा आयोजना गरिएको एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता दिपक के .सि तथा पुर्व काठमाडौ महानगर ३ का वडाअध्यक्ष द्वारा नेकपा एमालेमा व्यापक बिसङगती,बिकृती र परिवारवाद लाई मात्र अवसर प्रदान गर्ने लगायतका स्वयम् के. सि द्वारा खुलासा गरेका हुन । उनीले यहि कारणले गर्दा काठमाडौ महानगर ३ बाट टिकट नपाएको होकि भनी धेरैले आकलन समेत गरेका थिए ।

नेकपा एमालेमा स्थानिय तहको निर्वाचन देखि लिएर अहिले संघ तथा प्रदेशको निर्वाचनमा आउँदा सम्म हाल उथान भएको बिषय भएकोलाई लिएर पनि पुष्टि भैसक्यो कि एमालेमा टिकटको किनबेच भएको र पैसाको कारणले गर्दा नै एमालेका नेता बिदुर खड्काले स्थानिय तहमा टिकट नपाएको र प्रदेशमा पनि टिकट नदिदा सामाजिक संजालमा सो बिषयको पर्दाफास गरेकोले गर्दा पनि हालै सार्बजनिक गरिएको बिषयलाइ पुष्टि गर्न थप बल पुगेको छ । के काठमाडौ क्षेत्र ४ र काठमाडौ ५ मा एमालेका खाटी कार्यकर्ताले राजनीतिक अवसर नपाउदा साधारण सदस्यले अवसर पाउनको लागी के-के गर्नुपर्ला भनी प्रश्न उठेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय