कात्तिक ९ , काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक उम्मेदवार हुन अयोग्य ५५० जनाको नाम हटाउँदा प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारको नाम पनि हटेको छ ।
उनी लाभको पदमा रहेको भन्दै आयोगले बन्द सूचीबाट नाम हटाएको हो । उम्मेदवार हुन अयोग्य हुनेमा धेरैजसो यसअघिको स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका तर खर्च विवरण नबुझाएका कारण आयोगका जरिवानामा परेकाहरु छन् ।
जरिवानाका कारण बन्दसूचीबाट नाम हट्नेमा नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका संसदमा प्रतिनिधित्व गरिसकेका दलका उम्मेदवारहरु पनि रहेका छन् ।
निर्वाचन आयोगले बन्दसुचिबाट हटाएका नामहरुम स्थानिय तहमा निर्वाचन खर्च बिवरण नबुझाउदा लागेको जरिवाना नबुझाउनेहरुको पनि समानुपातिक बन्दसुचीको नामबाट हटाएको हो ।







