बूढानीलकण्ठ न.पा १३ ले प्रहरीलाई सुरक्षा ब्यवस्थाका लागी काट्यो पत्र, अवैध संरचनाहरुले सडक बिस्तारका अबरोध भयो भन्दै ।बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा रहेका सडक फराकिलो बनाउने भनी अवैध संरचनाहरु भत्काउने भएको छ । साथै लामो समयसम्म पनि सुचना जारी गरिसकेपछि अटेरी गरेको हुनाले प्रहरीको सहारा लिइ ती अबैध संरचना भटकाउने भनी सुचना निकालीएको हो ।
सूचनामा निम्न ब्यहोरा उल्लेख्य गरिएको छ ।
श्री सरोकारवाला व्यक्तिहरुको लागि उपरोक्त सम्बन्धमा यस बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ को वडा कार्यालयबाट सडकमा भएका घर टहराहरु हटाउने सम्बन्धी सूचना मिति २०७९/०५/२८ गतेका दिन जारी गरिएकोमा हालसम्म कसैले पनि उक्त घर टहराहरु नभत्काईएको हुँदा उक्त बाटोमा रहेको घर टहराहरु मिति २०७९/०७/१५ गते देखि यस वडा कार्यालयबाट भत्काईने हुँदा सम्बन्धित सरोकारवालाहरु सबैले घर टहराहरु खाली गर्नु हुन समेत यसै सूचना बमोजिम जानकारी गराईन्छ ।
बूढानीलकण्ठ नगरपालिकाको १३ अवस्थित संरचना हटाउन नमानेको भनी शान्ति सुरक्षा ब्यवस्थापन गरिदिन भनी प्रहरीलाई पत्र समेत काटेको छ भने निम्न ब्यहोराका साथमा पत्रमा उल्लेख्य गरेको छ।
उपरोक्त सम्बन्धमा यस बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ को वडा कार्यालयवाट सडकमा भएका घर टहराहरु हटाउने सम्बन्धी सूचना मिति २०७९/०५/२८ गतेका दिन जारी गरिएकोमा हालसम्म कसैले पनि उक्त घर टहराहरु नभत्काईएको हुँदा उक्त बाटोमा रहेको घर टहराहरु मिति
२०७९/०७/१५ गते देखि भत्काईने भएकोले उक्त ठाउँमा झै-झगडा हुन सक्ने प्रवल सम्भावना भएको हुँदा शान्ती सुरक्षाको लागि तहाँ कार्यालयबाट आवश्यक प्रहरीहरु खटाईदिनु हुन अनुरोध गरिन्छ ।








