यहि मंसिर २६ गते शनिबार काठमाडौ क्षेत्र ४ गठबन्धन तर्फबाट संयक्त युवा परिचालन तथा स्वयंसेवक समिति प्रदेश “ख” द्वारा आयोजना र कम्युनिटी केयर नेपालद्वारा कार्यक्रम संयोजन गरि बृहत युवा केन्द्रित कार्यक्रम आयोजना गरिने भएको छ।

उक्त युवा परिचालन तथा स्वयंसेवक कार्यक्रममा गगनकुमार थापाको साथमा डा.स्वर्णिम वाग्लेको उपस्थितमा कार्यक्रम आयोजना हुन लागेको हो। “गगनकुमार थापाको साथ डा. स्वर्णिम वाग्ले हामी युवाहरुको माझमा” नारा सहितको कार्यक्रम हो।

कार्यक्रम विशेषत निर्वाचन केन्द्रित रहने सो कार्यक्रममा युवाहरु माझ लोकप्रिय रहेका काठमाडौ क्षेत्र ४ का प्रतिनिधि सभसदस्य बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार गगनकुमार थापा,नेपाली काङ्ग्रेसका युवा तथा चर्चित नेता डा.स्वर्णिम वाग्ले सहित काठमाडौ क्षेत्र ४(२) उम्मेदवार कुसुमकुमार कार्की र सचिन तिम्लसिनाको उपस्थित रहने आयोजकले जानकारी प्रदान गरेको छ।

भोलि हुने उक्त कार्यक्रम बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ को नागरिक बजार चोक चपली सामुदायिक केन्द्रको भवनमा आयोजना हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय