बाजुरामा अझै मत गणना अझै अनिश्चित बनेको छ । हालै सम्पन्न हुने क्रममा रहेकोे प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोलखा, बाजुरा केही ठाउँमा असहज परिस्थिति सृजना हुँदा मतगणना लगायत मतदान नै गर्नुपर्ने अवस्था उत्प्नन भएको हो ।
निर्वाचन आयोगले मत गणना सुरु गर्न निर्देशन जारी गर्दा पनि त्यहाँ मत गणना सुरु हुन नसकेको हो । मतगणना थाल्न आयोगको निर्देशन आएपछि हिजो साढे ४बजे जिल्ला निर्वाचन अधिकृत ढांकाराम पौडेलले सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकबाट निकास दिएर मत गणना सुरु गर्ने तयारी भएपनि नेकपा एमाले अनुपस्थित हुँदा कुनै निर्णय हुन सकेन ।
सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएपछि अहिले बिहान ७ः००बजे पुनः एमालेलाई बैठकमा उपस्थित हुन आह्वान गर्दै हिजोको बैठक सकिएको थियो । अहिलेको बैठकमा पनि एमाले उपस्थित छैन । आफूहरूको माग सम्बोधन नभए सम्म बैठक बहिस्कार गर्ने जिल्ला सचिव भरत थापाले बताए ।मङ्सिर ४ गते निर्वाचन सकिएपछि घरमा रहेका विद्यार्थी नेता चेतन ऐडीको हत्यामा संलग्नहरूलाई पक्राउ नगर्दा सम्म र एमाले कार्यकर्ताहरूलाई रिहा नगर्दा सम्म आफूहरू सर्वदलीय बैठकमा सहभागी नहुने उनले जानकारी दिएको थियोे ।







