नेकपा एकीकृत समाजवादीको मंसिर २४ मा स्थायी कमिटीको १३ औं बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसि समानुपातिकमा परेको नामसुची को पनि टुंगो लगाएको छ ।

बैठकले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको सामान्य समीक्षा गरी विस्तृत समीक्षाका लागि प्रदेश र जिल्ला कमिटीको बैठक बसी समिक्षा प्रतिवेदन तयार गरेर पौष ५ गते भित्र केन्द्रमा पठाउन निर्देशन दिने निर्णय गरेको छ ।बैठकले निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाताहरु वाम लोकतान्त्रिक
गठबन्धनमा सहभागी दलहरु र निर्वाचन सम्पन्न गर्न खटिएका सबैलाई धन्यवाद ज्ञापन गर्नुका साथै निर्वाचित हुनुभएका सबैलाई बधाई ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।
.
बैठकले प्रवेशसभा समानुपातिक निर्वाचन प्रणाली तर्फ पार्टीले प्राप्त गरेको प्रदेश सभा सदस्यमा निर्वाचन आयोगले तोकी पठाएको क्लस्टर र प्राथमिकता अनुसार निम्नलाई पठाउने निर्णय गरिएको हो ।

प्रदेश न.१
१) विद्या चाम्लिङ राई
मधेश प्रदेश १ रत्नेश्वर गोइत यादव
२)किशोरी देवी
३)लक्ष्मी देवी
बागमती प्रदेश १ मायादेवी शर्मा
२)ओम कुमारी श्रेष्ठ
लुम्बिनी प्रदेश १ भगवती अधिकारी
कणांली प्रदेश १ कल्याणी खड्का
सुदूरपश्चिम प्रदेश १ माया पन्त

माथी उल्लेख गरिएका ब्यक्तिहरुलाई पठाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय