काठमाडौँ, पुस ७ गते
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लेसंसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरेको छ ।
माओवादी केन्द्रको बिहीबार बसेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
पदाधिकारी बैठकले गरेको निर्णयलाई बिहीबार नै माओवादी केन्द्रको संसदीय दलको बैठकले अनुमोदन गरेको थियो । सांसदहरूलेबुझाउनुपर्ने लेबीका सन्दर्भमा बैठकमा थप छलफल भएको समेत सचिव डोरप्रसाद उपाध्यायले बताएका छन । साथै बैठकमा राष्ट्रियसभाको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई चयन गरेको समेत जानकारी प्राप्त भएको छ ।







