काठमाडौंमा गुडिरहेको टेम्पोमा एक्कासी आगो लागेको छ।आगलागीबाट बा १ ह ३९६७ नम्बरको टेम्पोमा क्षति पुगेको छ भने यात्रु लगायत चालकलाई भने सुरक्षित रहेका छ्न ।
पुरानो बानेश्वर-मैतीदेवी-कमलपोखरी रूटमा चल्ने टेम्पोमा आज बिहान ७ बजेतिर आगो लागेको हो।चालक मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतले टेम्पोमा एक्कासी आगो लागेको सेतोपाटीलाई बताए।
‘यात्रुलाई चोकमा ओरालेपछि टेम्पो लिएर म एक्लै अघि बढिरहेको थिएँ। एक्कासी झ्वाट्ट गर्यो, धुवाँ आउन थाल्यो,’ उनले भने, ‘टेम्पो रोकेर हेरेँको र आगो लागिरहेको रहेछ भनी प्रतिक्रिया दिएका छन चालकले पसलबाट जारको पानी ल्याएर निभाउन खोजेँपनि नसकिएको र टेम्पोमा आगो लागेपछि मैतीदेवी आसपासका मानिसहरू पनि भेला भएका थिए भने केहीबेरमा प्रहरीहरू समेत पनि पुगे।
स्थानिय ब्यक्तिको सहयोग तथा दमकलले आएर आगोलाई नियन्त्रण लिएको र थप क्षतिहुन बाट बचेको जानकारी प्राप्त भएको हो ।चालकका अनुसार टेम्पोभित्रकै तार सर्ट भएर आगो लागेको अनुमान गरिएको छ।







