प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई लिन समय नखर्चिने बताएका छन् । शुक्रबार बेलुका पार्टी निकट युवा नेताहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्ना लागि मिनेटको पनि महत्त्व रहेकाले बधाई लिन समय नखर्चिने बताएका हुन् ।

उनले बधाईको समय कामका लागि खर्चिन चाहेको बताए । ‘मलाई बधाई तथा शुभकामना दिने तपाईँहरूको पवित्र आकांक्षालाई हृदयदेखि सम्मान व्यक्त गर्दछु । तर, मेरा लागि मिनेटको पनि महत्त्व छ,’ प्रधानमन्त्रीले भने, ‘म बधाईको समय कामका लागि खर्चिन चाहन्छु । मेरो जिम्मेवारीप्रति सम्पूर्ण तागत लगाउन चाहन्छु ।’

आफ्नो कार्यकाल स्मरणीय रहेमात्रै बधाई दिन पनि प्रधानमन्त्री प्रचण्डले आम शुभेच्छुकलाई आग्रह गरेका छन् । ‘जनताको हितविपरीतका कुनै पनि निर्णय र गतिविधि नहोउन् भन्नेमा म पूराका पूरा सचेत छु। मलाई सुशासनको मर्म थाहा छ, भ्रष्टाचारबाट आक्रान्त जनताको पीडा थाहा छ । विदेशमा लाखौँ नेपालीले भोग्नुपरेका समस्या थाहा छ । मसँग जनताको अवस्था बदल्न केही गरिछाड्ने संकल्प छ । तसर्थ, मलाई त्यतिबेला बधाई दिनुहोला, जतिबेला मेरो कार्यकाल स्मरणीय हुनेछ । अहिलेलाई काम गर्न दिनुस्, कामका लागि सहयोग गर्नुहोस् । राम्रो कामका लागि प्रोत्साहन र सीमाहरूमा सुझाव दिनुस्,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय