-सुवास श्रेष्ठ राष्ट्रपति निर्वाचनलाई लिएर नया राजनैतिक कोर्स निर्माण तिर संकेत गर्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यलयमा बसेको भएको छ। बैठकमा मूलभूतरूपमा राष्ट्रपति निर्वाचनको विषयमा छलफल भएको हो।
वर्तमान समयमा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेको छ जसको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । आज भएको स्थायी कमिटीको उक्त बैठकमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने विषयले प्रवेश पाएको र सो विषयमा नै केन्द्रित रहेर बैठकमा छलफल भएको समेत आँकलन गर्न सकिन्छ ।
माओवादी केन्द्रले यदि राष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय सहमतिको प्रयास गरिएको हो भने वर्तमान सरकारको गठबन्धन भड्किने बृहत सम्भावना रहन्छ । किनकी बर्तमान सरकार एमालेसङ्गको गठबन्धनबाट निर्माण भएको हो भने एमालेले समेत सोहि पार्टीबाट उम्मेदवार उठाएको नै राष्ट्रिय सहमतिको हुनेछ भनी सो विषय बाहिर ल्याइसकेको छ।
माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनको विषयलाई लिएर सबै दलहरुसँग छलफल गर्ने र राष्ट्रिय सहमति जुटाएर राष्ट्रिय सहमति सरकार बनाउने भनी माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराका अनुसार बैठकमा तत्कालका लागि अहिले राष्ट्रपतिको कुन दल वा को बन्ने भनेकी नभएतापनि माओवादी केन्द्र भित्र राष्ट्रिय सहमतिमा राष्ट्रपतिको निर्वाचन हुनुपर्छ भन्ने कुरा उठेको समेत बताएका छन् । प्रवता महराका अनुसार राष्ट्रिय सहमतिमा सरकार निर्माण गर्ने प्रयास रहने समेत जानकारी दिएका हुन् ।
माओवादी केन्द्रको सो बैठकबाट यस्ता विषय बाहिर आए सङ्गै एमाले भने त्रसित बनेको होकि भनी आम बुझाइ बनेको छ भने यदि यहि घटनाक्रमबाट के राजनीति कोर्स परिवर्तन भई एमाले सङ्गको गठबन्ध टुट्ने र कांग्रेस सँगको समीकरण फेरी निर्माण हुन लागेको हो भनी चर्चाको विषय बनेको छ।







