काठमाडौंको बिच सडकमा आत्मदाह गरेर ज्यान गुमाएका इलामका प्रेमप्रसाद आचार्यको घटना सेलाउन नपाउँदै अर्को आत्मदाहको प्रयास भएको छ। घटना हो गण्डकी प्रदेशको कास्की जिल्लाको जहा एक युवाले आत्मदाहको प्रयास गरेका छन् ।
पोखरा महानगरपालिका-१३ काहुँखोलामा बसोबास गर्ने ४३ वर्षीय कृष्ण बहादुर क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएका हुन् । उनले किन आगो लगाए आत्मदाहको प्रयास गरेको भन्ने विषय अहिलेसम्म खुल्न सकेको छैन भने उनले आत्मदाहको प्रयास गरेको देखेपछि आगो निभाउन पुगेकी घरबेटी संगीता सापकोटा पनि घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरु दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भनी संचारमाध्यमहरु लाई जानकारी दिएको हो ।







