नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्ने भएका छन् ।
तीन दिने नेपाल भ्रमणका लागि बिहीबार साझ नेपाल आएका इस्माइलले आज श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्नेछन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति बिद्यादेवी भण्डारीसँग सम्वाद गर्ने कार्यक्रम रहेको छ ।
मलेसिया नेपालीहरुको श्रम गन्तव्य मुलुक मध्य एक प्रमुख रहेको एवं त्यहाको बाताबरण नेपाल सङ्ग मिल्दोजुल्दो हुने हुदा नेपालीहरु उक्त मुलुकमा श्रमका लागि बर्सेनि रोजगारका सिलसिलामा जाने एक मुलुक हो ।







