कलाकार जितु नेपालद्वारा संचालित हास्य कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ आउँदो चैत २ गतेदेखि प्रशारण हुने भएको छ। एक पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रम बारे जानकारी गराउदै चैत महिनाबाट प्रशारण हुन लागेको हो।

मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच चैत २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण गर्नेगरी तेस्रो सिजनको मुन्द्रेको कमेडी सुरू हुने जानकारी गराइएको हो।

शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहनेछिन् भने निर्देशकमा दिनेश डिसी छन्। त्यस्तै कलाकारहरूमा दमन रूपाखेती, प्रभात लामा, दिनेश काफ्ले र एलिना बाँस्कोटा रहने कलाकार नेपालले बताए।

उनले आवश्यक परेको खण्डमा थप कलाकार बोलाउने बताए। त्यस्तै अभिनेत्री प्रियंका कार्कीले आफूलाई शोमा जोडिन पाएकोमा खुसी लागेको बताए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय