राष्ट्रपतिको निर्वाचनलाई लिएर माओवादीका सांसद जनार्दन शर्माले राष्ट्रपतिका लागि तानातान नभई सहकार्य र सहमति हुनुपर्ने बताएका छन्।
शुक्रबार संसदसकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रपतिका लागि नेकपा एमाले, कांग्रेसलगायत अन्य दलहरूले सहमति गरेर अघि बढ्न आवश्यक रहेको बताएका थिए ।
उनले राजनीतिक खिचातानी, लडाइँ लडेर नभई अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्ने बताए। सांसद शर्माले आज साँझ बस्ने माओवादी, कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालसहितका राजनीतिक दलहरूको बैठकपछि राष्ट्रपति उम्मेदवारको टुंगो लाग्ने समेत बताएका हुन ।







