राष्ट्रपति पदको निर्वाचन उम्मेदवारहरुको नामावली प्रकाशन ।

आसन्न राष्ट्रपति पदको निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । मंगलबार राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन समय दिइएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन २०७४ को दफा २३ बमोजिम प्रकाशित अन्तिम नामावलीमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ रहेका छन् । फागुन २५ गते राष्ट्रपतिको निर्वाचनका लागि मतदान हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय