ब्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।
ब्यवसायी दुर्गा प्रसाई नेतृत्वको महा अभियानको नामक साँगठनिक रुपमा केही समय पहिला एक भेला गरेका प्रसाईंले काठमाडौंको बानेश्वरमामा प्रदर्शन गर्न लागेको हो। पुर्ब राजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापावाट सुरु भएको अभियानले बुटबल हुदैँ देशका बिभिन्न शहरमा प्रदर्शन गरिसकेको छ।
सो महाअभियनले आर्थिक अन्याय र बेथितिको विरुद्ध काठमाडौंमा पनि प्रदर्शन गर्न लागेको प्रसाईँले जानकारी दिएका छन् । नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याँजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषय १३ बुँदे अपील सो अभियानको छ ।







