होलिको दिन दान गर्नुहोस् यो कुरा माता लक्ष्मिको कृपा हुनेछ ।धार्मिक मान्यता अनुसार होली पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। धर्ममा यो दिनको विशेष महत्त्व छ। होलिका दहन होलीको एक दिन अगाडि शुभ समयमा गरिन्छ। यस पटक होली फागुन २३ गते मनाइँदै छ। होलीमा ज्योतिष शास्त्रमा केही उपायहरू बताइएको छ। यी उपाय गर्नाले मानिसको जीवनमा आउने समस्याहरू हट्छन्।
ज्योतिष शास्त्रका अनुसार होलीको दिन केही उपायका साथ-साथै केही वस्तु दान गर्नु पनि निकै शुभ मानिन्छ। लक्ष्मीको कृपा प्राप्त गर्न यस दिन ३ वटा वस्तु दान गर्नुको विशेष महत्त्व रहेको बताइएको छ। यी वस्तु दान गर्दा लक्ष्मीको आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ। जान्नुहोस् होलीमा कुन-कुन चिज किन्नु शुभ हुन्छ र कुन वस्तु दान गर्नु शुभ मानिन्छ।
ज्योतिष शास्त्रका अनुसार कुनै पनि विशेष तिथिमा गरेको कमले व्यक्तिलाई धेरै शुभ फल प्राप्त हुन्छ। होलीमा गरिबलाई कपडा दान गर्दा पुण्य मिल्छ। यति मात्र होइन, यस दिन वस्त्र दान गर्नाले देवी लक्ष्मी प्रसन्न भई आशीर्वाद प्राप्त हुनेछ।







