बारा क्षेत्र नम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्  भने उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले  पछ्याउँदै गरेको अवस्था छ ।

हालसम्म सार्वजनिक मत परिणाम अनुसार यादवले ९८७० मत ल्याएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६७७१ मतका साथ पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत पाएका छन् ।यहाँ रास्वपा चौथो स्थानमा रहेको छ ।

रास्वपाका रमेशप्रसाद खरेलले ११७४ मत ल्याएका छन् भने पाँचौ स्थानमा रहेको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५८७ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय