कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न आरोपीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने आचार्यको वैशाख ७ मा पसलमै हत्या भएको थियो ।कपनमा व्यवसाय सञ्चालन गर्दै आएकी निरा पाण्डेको हत्यामा संलग्न आरोपी ९ दिनपछि पक्राउ परेका छन् । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा झापाका विनोद विकलाई पक्राउ गरेको हो ।
कपनको सरस्वतीनगरीस्थित निरु किचन सञ्चालन गर्दै आएकी पाण्डेको वैशाख ७ मा हत्या भएको थियो । घटनामा प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना भएको थियो । प्रधान कार्यालयले शुक्राबार एआईजीको नेतृत्वमा उक्त घटनालाई छानबिन गर्नेको लागी समिति बनाएको थियो ।
अनुसन्धान समितिले झापामै पुगेर विकलाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ । घटना गराएर झापा पुगेर बसेको प्रहरीको भनाइ छ ।







