राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यलयमा साइकल सहित प्रवेश गर्ने खोज्दा विश्व साइकल यात्री पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा प्रवेश गर्न नदिइएको गुनासो गरेका छन्। काठमाडौंको बसुन्धरास्थित पार्टी कार्यालयमा उपसभापति डोलप्रसाद अर्याललाई भेट्न सोमबार बिहान पुगेका शाह गेटपालेले साइकल लिएर पस्न नमिल्ने बताएपछि फर्किएको बताएका छन्।

गेटपालेले गाडी र मोटरसाइकल मात्रै छिर्न पाउने भनेपछि आफू बाहिर निस्किएको र उपसभापति अर्यालको फोन नउठेपछि फर्किएको सामाजिक संजालमा उल्लेख गरेका छन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो। अध्यक्ष ज्युलाई नि भेट्नु पर्यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ। पालेज्युले साइकललाई घन्टी घरभित्र प्रवेश छैन भन्नु भो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ।’ उनले लेखेका छन्, ‘मैले त्यो बारे प्रश्न गरेँ। पालेले गाडी र मोटरसाइकल त पाउँछ भने। पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननीय डिपि अर्याललाई फोन गरेँ,फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ । झ्याक्ने साइकले जिन्नगी।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय