बागमती प्रदेश  सरकारले अझै पूर्णता पाएन,पाँचवटा मन्त्रालय मन्त्री बिहिन  भएको छ ।सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डाको विषय नमिल्दा बागमती प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । बागमती प्रदेशका ५ मन्त्रालय ४० दिनदेखि मन्त्रीविहीन अवस्थामा छन् । यद्यपि, हाल ११ मध्ये ६ मन्त्रालयमा मात्र मन्त्री नियुक्त भएका छन् । अन्य ५ मन्त्रालय गत चैत १० गतेदेखि मन्त्रीविहीन अवस्थामा छन् ।

सरकारमा केन्द्रकै गठबन्धन अनुसारका दलहरु सामेल हुने भए पनि मन्त्रालयको भागबण्डा नमिल्दा विगत ४० दिनदेखि ती मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेका छैनन् ।प्रदेशका ६ मन्त्रालयमा मन्त्री छन् तर ती मन्त्रालयमा पनि सत्ता साझेदार दलहरुको आ–आफ्नै दाबीका कारण फेरबदल हुने सम्भावना छ । जसका कारण मन्त्री भएका मन्त्रालयले पनि पर्याप्त मात्रामा काम गर्न सकेको अवस्था छैन ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र समाजिक विकास मन्त्रालयमा मन्त्री छन् । वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन उद्योग तथा सहकारी मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मन्त्रीविहीन अवस्थामा छन भने मन्त्रालयको भारी मुख्यमन्त्री स्वयंले बोकिरहेका छन् ।

गत चैत २६ गते प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भए पनि सरकारले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसबाट प्रतिनिधिमुलक रुपमा २ मन्त्रीलाई सरकारमा सहभागी गराए । उनले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा र तीर्थ लामालाई मन्त्री नियुक्त गरे । भागबण्डाको विषय नटुङ्गिएका कारण कांग्रेससहित अन्य दलबाट सरकारमा मन्त्री पठाउन सकिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय