आफैं संस्थापक रहेको फाउन्डेसनद्वारा संचालित विद्यालयका छात्रा माथी यौन दुर्ववहार गरेको आरोपमा कृषि विज्ञको रुपमा परिचित मदन राई पक्राउ परेका छन ।बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई शुक्रबार पक्राउ परेका हुन।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।राईलाई दिउँसो करिब १२ बजेतिर पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए । ‘राईलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएका छौं,’ मुकारुङले भने, ‘विस्तृत कुरा अनुसन्धानपछि थाहा हुन्छ ।’
केही समय अघि सेतापाटि अन्लाईनमा विद्यालयमा रहेका बालबालिकालाई अश्लील शब्द एव हर्कत गर्न लगाउने दुराचार गरेको भनी समाचार समेत प्रकाशित भएको थियोे जहाँ पीडितका भनाइ सहित अश्लील हर्कत झल्किने सामाग्री उक्त अन्लाईनले प्रकाशित समेत गरेको थियोे ।







