युवा नै राष्ट्रको आशा हो….. युवा भनेको को हो प्रश्न यसको सहज र सरल जवाफ हो जो शारीरिक रुपले बलवान,सहजै हरेक शारीरिक कार्यहरु गर्न सक्ने भनिन्छ तर त्यति मात्र युवाको परिचय त्यतिले मात्र ब्याख्याले पुरा नभएर यसको ब्यापकतालाइ परिभाषित गर्नु अनुकरणीय हुन्छ। युवाको अर्थलाई थप पारिभाष्त गर्नुपर्दा उनिहरु मानसिक र बौद्धिकरुपले पनि परिपक्क हुन्छ त्यो नै हो युवा हो युवाको खासियत भनेको जोस हो यदि युवाको जोसले सहि मार्ग एवं दर्शन प्राप्त गर्ने हो भने जुनै क्रान्तिले पनि सफलता प्राप्त गर्न सक्दछ यदि युवाले आफुमा भएको जोसका साथै होसको सहि ठाउँमा प्रयोग गर्ने हो भने युवाले राष्ट्रको नेतृत्वलिन पनि सक्दछ।

आजको युगमा बिश्वका विभिन्न राष्ट्रहरुका राष्ट्रप्रमुखमा युवा नेतृत्वले राष्ट्रलाइ मार्गदर्शन प्रदान गरेका छन ।उदाहरण स्वरुप चिलीका ग्याबरियल बोरिक जो एउटा ३५ बर्षका युवा राष्ट्रप्रमुख रहेका छन भने राष्ट्रलाई सकारात्मक मार्गदर्शन प्रदान गरिरहेका उदाहरण पात्र समेत बनेका छन जसले अहिले चिली राष्ट्रको नेतृत्व गरिरहेका छन यसबाट पनि हामी थप प्रष्ट हुन सक्छौ कि बौद्धिकताले उमेर नहेर्दो रहेछ अनुभवको कमि शिक्षाले पूरा गरिदिन्छ भनिन्छ नि “कि पढेर जानिन्छ कि परेर जानिन्छ”। हाम्रो देश नेपाल अहिले राजनितिक सङकटमा होमिएको छ राजनितिक सङकट भन्नू भनेको नै आर्थिक सङकट निम्तिनु पनि हो तर राष्ट्रको नेतृत्व गर्न नेता अझ भन्नौ राष्ट्रका अभिभावकहरुको अवस्था देखेर नेपाली जनता एकदमै निराश हुनुपरेको छ बुडाखाडाले अब देश हाक्न सक्दैनन् भन्ने जनतामा गहकिलो मानसिकता बसेको हामीले सहज अनुभव गर्न सक्छौ जसको नतिजा स्वरुप काठमाडौं महानगर प्रमुखमा युवा र उपप्रमुखमा पनि युवा निर्वाचनबाट जनताले मत दिएर प्रतिनिधिको रुपमा निर्वाचित भएका छन यस्तो अवस्थामा के नेपाली जनताले युवा नेतृत्व नै खोजीराखेका छन् त भन्ने प्रश्न पनि उब्जाएको छ । अहिले विभिन्न दशकौंदेखिका पुराना राजनैतिक दलहरुप्रति जनताको वितृष्णा जागेको छ त्यसकारणले पनि जनताहरुले वैकल्पिक शक्तिहरुप्रति विश्वास जताएका छन् र यो विश्वास भनेको नै पुराना दलहरुप्रती नकारात्मक धारणा जनतामा सिर्जना हुनु हो।

बर्तमान समयमा आजको दिनसम्म पनि पुराना राजनितीक दलहरुमा थुप्रै युवाहरुले बिश्वास गरेको पाइन्छ कति युवाले उहीँ राजनैतिक दलको गतिविधिका कारण आफ्नो भविस्य बर्बाद पारेको पनि देखिन्छ लाखौं युवा भने हरियो पासपोर्ट बोकि आफ्नो उज्ज्वल भविष्यको मिठो कल्पना गरि आफ्नो मातृभूमिलाई त्यागेर विदेशीएका छन। देशको आर्थिक अवस्था, अवसरको कमि,पारिवारिक जिम्मेवारी एवं गरीबीको कारणले गर्दा पनि थुप्रै युवाहरु विदेशीनु बाध्य भएका छन्। अझ केही युवा जमात कुलतमा फसेको पनि हाम्रो समाज देखेका छौ यो समस्या केबल पारिवारिक नभएर यो त सिङ्गो मुलुकको राष्ट्रिय समस्या नै हो भन्दा फरक नपर्ला कुनै एक युवा बिग्रनुको मतलब एउटा परिवारको छोरा/छोरी मात्र नबिग्रीएर सिङ्गो राष्ट्रको भविस्य कर्णधारहरु गलत बाटोमा जानि हो।त्यसैले अहिलेको अवस्थामा युवाले राष्ट्रको बेथिती बुझ्न र हातेमालो गरि एकजुट हुन आवश्यक छ।

देशका प्रत्यक युवामा राष्ट्रियता एव राष्ट्रप्रतिको माया हुन जरुरी छ। आफ्नो गाउँ समाजमा युवाले हरेक समस्यामा समाधानका लागि भरिपुर्ण भुमीका खेल्नु आवश्यक छ। आफ्नो समाज आफै बनाउँछु भन्ने ढुद्द मानसिककताका साथ युवाले अघि बढ्नु पर्छ यो राष्ट्रले अझै पनि युवाबाट ठूलो परिवर्तनका, समृद्धि भावी पुस्ताका सुनौला अवसरको सृजना गर्नुपर्छ युवाले पनि यो समाज र राष्ट्र हाक्न सक्छ भन्ने उदाहरणहरुको पात्र बनिनुपर्छ आजको परिस्थितिमा युवाहरु सचेत हुन पनि जरुरी छ । राष्ट्रप्रति बफादार भै देशमा देखिएको बेथिती,विसङ्गगती हटाउने प्रयास गर्नु पर्छ आर्थिक रुपले बिकाशिल देशबाट बिकसित देशमा अन्तर्राष्ट्रिय जगतमा पहिचान दिलाउनु हाम्रो मुलुकलाई सहि बाटोमा डोर्‍याउने अब युवाले खोज्नु पर्छ।

हामी २१ औं शताब्दीमा छौ नया युगमा, नया विचार र नया तरिकाले आफुलाई परिवर्तन गर्न आवश्यक छ ।राजनितीक मात्रै नभएर आविष्कार,अनुसन्धान जस्ता कार्यहरुलाई बढावा दिन एकदमै जरुरी छ कुनै पनि मलुकमा नया कुराको खोजी जति हुन्छ त्यही गतिमा मुलुक उन्नति तर्फ लमकन्छ । मुलुकको भौगोलिक र प्रशासनिक व्यवस्था अब्बल हुन एकदमै आवश्यक छ त्यस प्रति युवाको चासो र खाचो उतिनै महत्वपुर्ण छ हाम्रो राष्ट्र हामीले नै बनाउँनु पर्छ यहि नै त हो राष्ट्रप्रतीको माया…।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय