बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ अवस्थित टुपेक कृषि सहकारी संस्था लि द्वारा अत्यन्त जरुरी सूचना जारी गरेको छ ।टुपेक कृषि सहकारी संस्थाले यस अघि पनि बचत तथा ऋणको यकिन गर्नको लागि ३५ दिने सुचना जारी गरिसकेको छ ।

उक्त सहकारी संस्थाका संचालक समितीका अनुसार बचत यकिनको काम लगभग सकिसकेको हुनाले संस्थाबाट ऋण लिएका ऋणसदस्यहरु लाई पनि कानुन अनुसार सुचित गरिरहेको यधपी सुचनालाई बेवास्ता गरि अटेर गरेमा संस्थाको विनियम, सहकारी ऐन, नियम अनुसार कानुनी कारबाही अगाडि बढाउने समेत जानकारी प्रदान गरेको छ । साथै बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ ले सो सम्बन्धमा सुचना समेत प्रकाशित गरिसकेको र सहकारी सङ्ग सम्बन्धि सम्पुर्ण तालुक निकायहरु स्थानिय सरकार,सहकारी बिभाग, सहकारी अभिभावक संघ लगायतका निकायहरुमा सुचनाको जानकारी दिइसकेको बताएको छ ।

सरकारले समेत देशको सहकारी क्षेत्र अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रमा समस्या सृजना भए पछि कडा कदम चाल्न भएको  छ । यहि आर्थिक वर्षबाट लघुबित तथा सहकारी संस्थाको ऋण लिइ नतिर्ने विरुद्ध सरकारले कडा कदम चाल्न लागेको हो । जसरी नागरिकको अधिकार राज्यमा रहेको हुन्छ त्यसरी नै दायित्व पनि रहने हुनाले सरकारले नागरिकलाई प्रदान गरिने सुविधा “नागरिक सुविधा” खानेपानीसुविधा ,बिधुत सुविधा,नागरिकता सम्बन्धि सेवा र स्थानिय सरकारले प्रदान गरिने सेवा आदि रहेको पाइन्छ । सरकारले सहकारी  क्षेत्रलाई ध्यान दिई यस्ता सार्वजनिक हितको उद्देश्य लिइ स्थापना भएका संस्थाबाट ऋण सुविधा लिने तर नतिर्ने नियत विरुद्ध कर्जा सुचना केन्द्रमा सुचिकृत गरि कालोसूचीमा राख्ने लगायत नागरिक सेवावाट बन्चित गराउन सक्ने कानुन समेत ल्याउन तयारी सरकारले गरेको सरोकारवालाहरु बताउँछन ।

हालै यहि मिति २०८० बैशाख महीनाको १ गतेका दिनमा समेत राष्ट्रिय दैनिक पत्रीकामा सुचना जारी गरि आफ्ना सदस्यहरु लाई जानकारी गरिसकेको छ । उक्त प्रकाशित सुचनामा निम्न ब्यहोरा सहित ऋणिहरुलाई साधारण सभा अगावै आफ्नो बाकी बक्यौता भुक्तान गर्नेको लागि सूचना प्रकाशन गरिसकेकोछ ।                                          टुपेक कृषि सहकारी संस्था लिमिटेड
वार्षिक साधारणसभा गर्ने बारेको ३५ दिने अत्यन्त
                             जरुरी सूचना ।                                                    
यस सहकारी संस्थाको वार्षिक साधारण सभा निम्न मिति र
स्थानमा सम्पन्न हुन लागेकाले यस सहकारीबाट ऋण लिई
तिर्न बाँकीहुने महानु भावहरुले साधारण सभा हुनु भन्दा २०
दिन अगावै आफ्नो बाँकी बक्यौता बुझाई साधारण सभामा
भागलिन आउनुका साथै अन्यनि क्षपकर्ता महानु भावहरु
समेत साधारण सभामा उपस्थित भई दिनुहुन यो सुचना
प्रकाशित गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा १३ द्वारा प्रकाशित सुचना ।

बूढानीलकण्ठ नगरपालिका वडा १३ द्वारा प्रकाशित सुचना ।

साधारणसभा हुने मिति: २०५० असार ३ गते आईतवार
समय :विहान ९:०० बजे
स्थानः टुपेक नयाँबस्ती, एएमबी भवन
बुद्धानिकलण्ठ नगरपालिका १३ टुपेक 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय