नेपाली कांग्रेसको केन्द्रीय सिमिति बैठक आज पनि बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरू हुने बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्। नेपाली काङ्ग्रेसमा १६८ जना केन्द्रिय सदस्य हुनुपर्ने भएता पनि १५८ जना मात्र रहेको छ।
मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा दस एजेन्डा प्रस्तुत गरेका थिए। उक्त एजेन्डामाथि आजदेखि केन्द्रीय सदस्यहरूले आजदेखि आफ्नो धारणा तथा सुझाव प्रस्तुत गर्नेछन्।
महामन्त्री शर्माले प्रस्तुत गरेको एजेन्डामाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई कम्तिमा पाँच मिनेटको समय दिइनेछ।







