समयमा भुक्तान नदिएको भन्दै निर्माण ब्यवसायिद्वारा देशभर ज्ञापन पत्र बुझाउने भएको छ आज देशभरका निर्माण ब्यवसायीहरु द्वारा सरकारलाई ज्ञापन पत्र बुझाउन लागेको हो ।

सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज ज्ञापन पत्र बुझाउँदै छ ।

आईतवार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिर्ईएको जानकारी अनुसार महासंघले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । साथै, सरोकारवाला मन्त्रालयहरुलाई भुक्तानीका लागि ज्ञापन पत्र बुझाउने जनाईको छ ।

महासंघका अनुसार भोली ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

झन्डै दुई साता देखी आन्दोलन गरिरहेको महासंघले फ्ना मागहरु पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय