पूर्वमिस नेपाल माल्भिका सुब्बाले श्रीमान् रियाज श्रेष्ठसँग डिभोर्सअघि चार वर्ष छुट्टै बसेको बताएकी छिन्।उनले उक्त विषय एक पोड्कास्ट कार्यक्रमको दौरानमा खुलासा गरेको छिन । आफूहरुबीचको सम्बन्ध निकै बिग्रिएको र राम्रो नभएपछि चार वर्ष एक्लै बसेर डिभोर्स गरेको बताएकि हुन ।
आफूले श्रीमान् वा साथीका रुपमा अपेक्षा गरेका कुराहरु नपाएको, व्यक्तिगत र सांस्कृतिक फरकपनले पनि सम्बन्धमा दरार सिर्जना गरेको उल्लेख गरेकी छिन्। उनले भनेकी छिन्, ‘आफैंले आफ्नो तरिकाले गर्न पाइनँ। परिवारको दायरामा बस्दा धेरै गाह्रो भयो।’
श्रीमानसँगको सम्बन्ध बिग्रिए पनि छोरालाई उसको बुवा र परिवारबाट कहिले पनि नछुट्टाउने आफ्नो सोच रहेको उनले बताइन्।







