काठमाडौंकाे बुढानिलकण्ठ नगरपालिका-४ भसन्थली बस्ने सप्तरी घर भएकी ३८ वर्षीया अनिता चौधरीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
सोही नगरपालिका-४ बस्ने ५२ वर्षीय गौरा सिंह बोहराले आइतबार राति धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट भएको जानकारी हुनासाथ प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले अभियुक्त बोहरालाई पक्राउ गरेको छ ।







