भारतीय गायक अरिजीत सिंह नेपाल आउने भएका छन् । गायक अरिजीत सिंह आफ्नो लाइभ प्रस्तुति दिन पहिलो पटक नेपाल आउने भएका हुन् ।

सिंहले मङ्सिर ९ गते हायात ग्राउन्ड, चाबहिलमा आयोजना हुने कार्यक्रममा भाग लिनेछन् । यहाँ उनले अरिजीत सिंह लाइभ ईन नेपाल कार्यक्रममा प्रस्तुति रहनेछ ।

भारतीय पार्श्व गायकका रूपमा परिचित अरिजीत सिंह “तुम हि हो”, “केसरिया तेरा”, “झुमे जो पठान”, “खैरियत”, “अपना बना ले” जस्ता थुप्रै लोकप्रिय हिन्दी गीतहरूका लागि परिचित छन्।

“अरिजीत सिंह लाइभ ईन नेपाल” को साधारण टिकट मूल्य चार हजार बाट सुरु हुने आयोजकले तय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय