अख्तियार अनुसन्धान दुरुपयोग आयोगले सप्तरीको विष्णुपूर गाउँपालिकाका सूचना प्रविधि अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुससहित नियन्त्रणमा लिएकाे छ।उनीहरूलाई राजविराज-२ बाट नियन्त्रणमा लिइएकाे हाे।

सोलार बत्ती जडानलगायत योजनाको भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हाे।

अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ।

अख्तियारले अपरेटरबाट २ र लेखापालबाट ३ लाखको चेक बरामद गरिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय