काठमाडौ बसपार्कबाट दुबई पठाइदिन्छु भनी रकम ठगी गर्ने एक ब्यक्ति पक्राउ गरेको छ ।
धनकुटा जिल्ला चौबिसे गा.पा. वडा नं. १ घर भई हाल जिल्ला काठमाण्डौ बाफल बस्ने कृष्ण कुमार श्रेष्ठको छोरा बर्ष ३४ को लक्ष्मण श्रेष्ठले विवेक पाटकलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. २,४०,०००/- ( अक्षेरुपी दुई लाख चालिस हजार रुपैयाँ ) लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. ५०,०००/-( अक्षेरुपी पचास हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. १,९५,०००/- (अक्षरुपी एक लाख पन्चानब्बे हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज लक्ष्मण श्रेष्ठको खोजतलास गर्ने क्रममा मिति २०८०।०८।२४ गते अं. १६:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ नयाँ बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको छ ।
अनुसन्धान बिभागबाट जारी भएको बिज्ञप्तिमा सो विवरण उल्लेख्य गरिएको छ ।







