नविना श्रेष्ठ
पौष १,२०८०

रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अभियान्ता ,शिक्षक, नेपालभाषा अध्ययनरत विद्यार्थी र रत्न राज्यलक्ष्मीका क्याम्पस प्रशासनबीच बि.ए. तहमा भर्नाभएका विद्यार्थीहरुलाई अध्ययन गर्ने अधिकार बाट बञ्चित गरेकाे बिषयमा पत्रकारिता हलमा छलफल भएको छ। नेपाल भाषा अभियान्ता प्रशान्त डंगोलले रत्न राज्यलक्ष्मी क्याम्पसमा अरु विषयका विद्यार्थीहरुले अन्य विषयमा अध्ययन गरिरहदा नेपालभाषामा भर्ना भएका विद्यार्थीहरु टुलुटुलु हेरिरहनुपर्ने अवस्था अन्त्य हुनुपर्ने धारणा राखेका थिए। भने छलफलमा नेपालभाषा शिक्षिका सृमिला सुवालले आफूले नेपालभाषा विषय बचाउनकालागी सुरुकाे शैक्षिक सत्र निशुल्क अध्यापन गराएको अवगत गराउँदै आगामी दिनमा नेपालभाषाको लागी अझै पनि भोलेन्टियर गर्न तयार रहेकाे बताए।

 

उपत्यकाको नं१ मानविकी क्याम्पसमा अरु खाली कक्षहुदाहुदै पनि सधैं ताला मारी राख्ने तर नेपालभाषा अध्ययनरत विध्यार्थीहरूलाइ कक्षा अभावले बि.ए प्रथम, द्वितीय, तृतीय र चौंथौं वर्षको सबै कक्षा एउटै कक्षामा मर्ज गरेर लिनुपर्ने बाध्यता र लाजमर्दो अवस्था रहेकाे त्यो समस्या क्याम्पसले चादै अन्त्य गर्नु पर्ने माग गरे। यस बर्षको नयाँ सत्रमा तीन जना विध्यार्थी भर्ना भएको अवगत गराउँदै देशको संविधान कानुन अनुसार मातृभाषाबाट अध्ययन गर्न पाउने जनाउँदै तथा नेपालभाषा विषय लिएर भर्ना हुने विध्यार्थी अझै रहेको जनाउँदै यथासिघ्र नेपालभाषा विषयको कक्षा सञ्चालन गराउनु पर्ने तथा बि.ए तहमा दरबन्दी शिक्षकको व्यवस्था गराउन नेवाः विध्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनले जोडदार माग गरे।

तीनजना नेपालभाषाका विध्यार्थीहरूले अध्यापनबाट बन्चित भएको बिषयलाई लिएर नेपालभाषा अभियान्ता अमर डंगोलले देशको कानून तथा संविधान तथा प्रादेशिक स्तरमा नेपालभाषा र तामाङ भाषा अहिले अनिवार्य रुपमा काम काजीको भाषाको भएको आधारमा एक जना मात्रै नेपालभाषा अध्ययन गर्ने भए पनि क्याम्पसले नाफा मात्रै कमाउने दृस्ठिकोण परिवर्तन गरि विध्यार्थीले पढ्न पाउने नैसर्गिक अधिकारकाे रक्षा गर्नु पर्ने सबैको आवाज जनाए।

बि.ए. तहमा नेपालभाषा बिषयमा भर्ना भएका सिजन महर्जनले विश्वमा नेपाल एक स्वतन्त्र राष्ट्र घाेषणा गर्न अहम याेगदान गरेकाे रञ्जनालिपिकाे संरक्षक नेपालभाषाकाे अध्ययन गर्ने उद्यस्यले भर्ना भएकाे तर प्रशासनले पहिलाे गासमै ढुङ्गा चपाएकाे अनुभूति गराउदा दु:ख लागेकाे र विद्यार्थीहरुको अध्ययन गर्न पाउनु पर्ने हक अधिकारको सवालमा क्याम्पस प्रशासन लचिलो हुनु पर्ने तथा साथ दिनु पर्ने जनाए । दिवा सत्रका क्याम्पसका सहायक प्रमुख राम कार्कीले बि.ए. नेपालभाषा विषयमा शिक्षकको माग आफुहरुले बारबार त्रि.वि सित शिक्षक दरबन्दी माग गरेको भएता पनि कुनै जवाफ अहिले सम्म नआएको धारणा राखेका थिए। नेपालभाषा अभियान्ता हेराकाजी मर्हजन डंगोलद्वारा बहुभाषा, धर्म ,बहुसंस्कृतिको विविधता युक्त नेपालमा संसारमा नेपालको प्रतिनिधित्व गर्दै आइरहेको भाषा लिपि संस्कृतिको जगेर्ना गर्ने कार्यमा सरकारी क्याम्पसले नाफा घाटा भन्दा पनी बागमती प्रदेशले कामकाजी भाषाकारुपमा प्रयाेगमा ल्याउन सर्वसहमतरुपमा पारीतगरेकाे नेपालभाषालाई रत्न राज्य क्याम्पसले स्थगन गरेकाे अस्वभनिय रहेको र यथासिघ्र अध्यापन सुचारु गर्न प्रशासनलाई सचेत गराए । यसरी छलफल कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पस प्रमुख जीवन धर ज्ञवालीले सहभागी नेपालभाषा अभियान्ताहरुकाे याेगदानकाे प्रसंसा गर्दै केही प्रसाशनीक त्रुटि का कारण नेपालभाषा अध्यापन स्थगन भएकाे र पुस १ गतेदेखि पुन अध्यापन सुचारु हुने बाचा जनाए ।

छलफल कार्यक्रममा बि.ए. चौथो बर्षमा अध्ययनरत रुपा शाही, शिक्षक योगेन्द्र राज कर्णीकार, दिपना शर्मा लगायतले आ—आफ्नो धारणा राखेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय