चरिकोट/नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले भिम प्रसाद दहालको अध्यक्षतामा नयाँ जिल्ला संगठन कमिटी सर्वसम्मत निर्वाचित गरेको।

नव निर्वाचित जिल्ला कमिटीकोउपाध्यक्षमा अशोक कुमार दहाल र संगिता पाख्रीन सचिब मोहन थापा,उपसचिवमा प्रकाश कुमार केसि,बैकुण्ठ भन्डारी,ताम प्रसाद आपागाईलाई निर्वाचित गरेको हो।साथै जिल्ला संगठन कमिटीमा ९१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको छ।

मंसिर ३० र पौष एक दुई दिनसम्म चलेको अधिवेशनको उद्घाटन समारोह नेकपा एस दोलखाका अध्यक्ष भीम प्रसाद दहालको अध्यक्षतामा पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा उपमहासचिव एवँ बागमती प्रदेशका इन्चार्ज गंगालाल तुलाधर,बागमती प्रदेश अध्यक्ष सावित्रा भुषाल,केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल,पोलिट्व्युरो सदस्य शिवप्रसाद भण्डारी,केन्द्रिय सदस्यहरु गोपाल न्यौपाने,महेन्द्र बहादुर कार्की,लगायतका नेताहरु,प्रतिनिधि सभा सदस्य एवँ नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की, कांग्रेस नेता एवँ बागमती प्रदेशसभाका सदस्य कुन्दनराज काफ्ले लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेकपा एस दोलखाको जिल्ला अधिवेशन सुरु हुनु अघि सदरमुकाम चरिकोटमा र्‍याली गरिएको थियो । जिल्ला पार्टी कार्यालयवाट सुरु भएको र्‍याली बजार परिक्रमा गरी सिमपानी हलमा पुगेर सभामा परिणत भएको थियो । अधिवेशनमा १० हजार जनताको उपस्थिति रहेको र जिल्ला कमिटी पदाधिकारी लगायत जिल्ला कमिटी सदस्यमा युवाको बहुमत रहने हिसाबले कमिटी गठना गरेको नेकपा एस दोलखाको युवा नेता एबम युवा संघ नेपाल का केन्द्रिय सदस्य विशाल काफ्ले खत्रीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय