युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फिर्ता हुदैछ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई  आज काठमाडौँ फर्कनु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

गत माघ ४ गते युगान्डाको कम्पालामा आयोजित सम्मेलनमा भाग लिन  नेपाली टोली सहित जानु भएको थियो । प्रधानमन्त्री दाहाल राति २ः४५ बजे कतार एयरवेजबाट दोहा पुगेको भनी जानकारी प्राप्त भएको छ  । दोहाबाट नेपाल फर्किन लागेका उहाँ आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुने छ ।

प्रधानमन्त्री दाहालसँगै उक्त अन्तर्राष्ट्रिय सम्मेलनममा परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतको टोलीका सदस्यहरू रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय