भ्रष्टाचार के हो सामान्य अर्थमा अर्थ्याउनु पर्दा कुनै पनि ब्याक्तिले आफ्नो पदीय मर्यादा विपरीत गर्ने सबै किसिमका गैरकानुनी र अनैतिक तवरले गरिने क्रियाकलापहरू लाई भ्रष्टाचार भनिन्छ अझै यसलाइ बिस्तृत रुपमा प्रष्टाउदा सार्वजनिक पदमा रहेका पदाधिकारीहरूले आफूमा रहेको शक्ति र अधिकारको प्रयोग गरि व्यक्तिगत हित वा फाइदाको साथमा लाभ पुर्याउनको लागि प्रयोग गर्नु नै भ्रष्टाचार हो ।
गाउँ-गाउँमा सिहदरबार भन्ने नारा त्यतीबेला चर्चित थिए जतिबेला देशमा नेपालको अन्तरिम संविधान जारी भए पश्चात् बिभिन्न चरण गरि शक्ति पृथकिकरण गरि तिनतहमा बाडिए जहाँ केन्द्रिय, प्रादेशिक र स्थानिय तहमा शक्ति बाडियो जसबाट केन्द्रको रुपमा चिनिएको भनी नेपालको शक्ति केन्द्र भनी सिहदरबारलाई बुझाइन्थियो । जसरी सिहदरबारको शक्ति बर्तमान समयसिमा सम्म आइपुगदा गाउँपालिका, नगरपालिका हुँदै ६ हजार ७ सय ४३ वडातह सम्म आइपुगेको छ । नेपालको संविधानमा ३५ भाग ३०८ धारा र ९ वटा अनुसूची रहेको छ भने जहाँ अनुसूची ८ मा स्थानिय तहको अधिकार सम्बन्धि ब्यवस्था रहेको छ जहाँ २२ वटा सुचिमा स्थानिय सरकारले आफू अनुकुल निर्णय गरि ती निर्णय लागू गर्नको लागि संविधानत अधिकार प्राप्त गरेको छ ।
स्थानीय तहमा गरिएको अधिकार प्रत्याजोनबाट अधिकार सम्पन्न भएपछी र स्रोतसाधनको उपलब्धता एवं सोको खर्च गर्ने अख्तियारी प्राप्त भए पश्चात स्वाभाविक रूपमा बढी प्राप्त भएकाले भ्रष्टाचारका सम्भावना एवं घटना बढेका छन्। अहिले यत्रतत्र उठेको आवाज स्थानिय तहमा भ्रष्टाचार र अनियमित ज्यादा भयो भन्नू नै हो स्थानीय निकायमा व्यापक रुपमा देखिएको भ्रष्टाचार हुने भनेको योजना छनोट गर्दा आवश्यकता र प्राथमिकतालाई भन्दा पनि कठित जनप्रतिनिधिका आफन्त, नजिकका ब्यक्ति नातेदार र कार्यकर्तामुखी हुने गरेको गम्भीर आरोप लाग्ने गर्छ साथै निर्वाचनको बेला गरिने अकुत खर्च पनि मुख्य कारक हो । यधपी खर्चको सिमा भएता पनि बिभिन्न प्रलोभनमा पारी भोट खरिद गर्न र आर्थिक लाभ दिने जस्ता घटना जहाँतहि समाचारको रुपमा देख्न पाउछौ आफन्तमुखी योजना छनोटले भ्रष्टाचारलाई पश्रय दिन्छ नै जसले विकासको गुणस्तरमा ह्रास र विकासको गतिमा सुस्तता ल्याउँछ । योजना प्राप्तिको लागि निश्चित रकम पहिले नै दिने र त्यसको साँवा, बोनस र थप कमिसन योजनाबाट असुल्ने गरिन्छ । निश्चित वर्ग, क्षेत्र र समुदायमा योजना बिक्री गरिन्छ भने बजेट सक्ने नाममा गुणस्तरहीन कार्यमा खर्च गर्ने चलन पनि कायमै रहेको छ किनकी हामीले देख्न सक्छौ करोडौं खर्च गरि निर्माण गरिएको बिकास निर्माणहरु गुणस्तरहिन भएर बिग्रने नष्ट हुने महिन दिन पनि नटिकने जस्ता पुर्वाधारहरु छन जुन ज्वलन्त उदाहरण हो ।
कसरी नियन्त्रण गर्न सकिन्छ भ्रस्टाचार ?
भ्रष्टाचार नियन्त्रण तथा निवारणका लागि प्रयास नभएको र सरकार यस विषयमा संबेदनसिल छ नेपालको सन्दर्भमा १३ वटा संबैधानिक निकाय मध्य अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक प्रमुख निकाय हो जसको प्रमुख काम कर्तव्यमा भ्रष्टाचारको निवारण र नियन्त्रण गर्नु प्रमुख दायित्व हो । भ्रष्टाचार एक त्यस्तो अपराध मध्य् एक पर्दछ जुन यदि कसुर लागेको खण्डमा कसुरदार्लाइ सजाय माफी वा कम नहुने भनी कानुनमा नै ब्यवस्था रहेको छ । नेपालको सन्दर्भमा भ्रष्टाचार निवारणको लागि स्थानीय तहमा हुने भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्व, प्रशासनिक संयन्त्र, नागरिक समाज, सामाजिक संघसंस्था, बौद्धिक समूह साथै सञ्चारमाध्यम नै बढी क्रियाशील हुन जरुरी छ।जसबाट भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्दछ र नियन्त्रणमा राहत हुनेमा कुनै दुइमत नहोला ।







