नविना श्रेष्ठ
फागुन २०,२०८०

मकवानपुरकाे मनहरी गाउँपालिकाकाे स्थानीय आयुक्त स्काउटर अनन्त पाैडेल नियुक्त भएका छन् । नेपाल स्काउट नियमावली अनुसार मनहरी गाउँपालिकाका अध्यक्ष एवम् स्थानीय स्काउट संरक्षक रन्जन कालाखेतीले पाैडेललाई स्काउटको स्थानीय आयुक्त नियुक्त गरेका हुन् ।

मनहरी गाउँ कार्यपालिका कार्यालयमा भएकाे एक कार्यक्रमबीच गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले उक्त हस्तान्तरण गरेका गरे। साे अवसरमा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी लगायतकाे उपस्थिति रहेकाे थियाे ।
यसअघि माघ २२ गते मनहरीमा स्थानीय स्काउट सदस्यहरुकाे निर्वाचन भएकाे थियाे । परिषद सदस्य निर्वाचित हुनेहरुमा स्काउटरहरु अनन्त पौडेल, सुजन अर्याल, जगदिश्वोर पोखरेल, रोशनी दर्जी र संजिता मगर भएका छन्।

निर्वाचित सदस्यहरु मध्येबाट एक जनालाई पालिका प्रमुखले स्थानीय आयुक्त नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ।सोहि अनुसार यसअघि मकवानपुरकाे थाहा नगरपालिका र बागमती गाउँपालिकामा स्थानीय आयुक्त नियुक्त भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय