नेपाल विद्युत प्राधिकरणमा सरकारद्वारा संचालक समितिका दुइजना सदस्य हटाए सङ्गै यो विषयले सरकार विरुद्ध संसदमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले आवाज उठाएको छ ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाल विद्युत् प्राधिकरणका दुई जना सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। सरकारले आइतबार सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनको स्पष्टीकरण चित्त नबुझेको भन्दै पदमुक्त गरेको थियो।

नेपाल विद्युत प्राधिकरणका कपिल आचार्य र भक्तबहादुर पुन दुईजनालाई सरकारले नियम उल्लंघन गरेर बर्खास्ती गरेको छ,’ सापकोटाले भने, ‘म यो घटनाको खण्डन गर्न चाहन्छु। भत्र्सना गर्न चाहन्छु। सरकार देशमा अटोक्रेसि चलाउन खोजेको कुराको आशंका व्यक्त गर्न चाहन्छु भनी नेता सापकोटाले बताएका थिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय