नेप्से परिसूचक ७० अङ्कले वृद्धि भएको छ। साताको पहिलो दिन आइतबार हालसम्मकै धेरै कारोबार भएको छ। रु २५ अर्ब७७ करोड माथिको कारोबार भएकोमा सेयर बजारमा आज त्यो भन्दा बढी रकमको कारोबार भएको छ।

निरन्तर उकालो लागेको सेयर बजार आजको कारोबारहरु २७ अर्ब नाघेको छ। नेप्से परिसूचक आज ७० दशमलब ८१ अंकले बढेर २९००.६५ को बिन्दुमा पुगेको छ अर्थात आज मात्र २. ४७ प्रतिशतले नेप्सेमा वृद्धि भएको हो ।

आज सात वटा कम्पनीमा सकारात्मक सर्किट ब्रेक लागेको भने एक हाइड्रोपावर कम्पनीमा नकारात्मक सर्किट लागेको छ । कोथेली भुकारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो भने सकारात्मक सर्किट लागेकोमा

हिमालयन लाइफ इन्स्योरेन्स, सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, स्वेतगंगा हाइड्रोपावर लिमिटेड,शुभम पावर लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्यमा १०%ले वृद्धि भएर सर्किट प्रयोग गरेको।

कारोबारको आधारमा हाइड्रोपावर कम्पनी सबभन्दा अगाडि छ भने क्रमश कमर्सियल बैंक, लाइफ इन्स्योरेन्स, लगानी कम्पनी रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय