काठमाण्डौ – नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने बारेमा छलफलमा जुटेको छ। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने विषयमा अहिले छलफलमा चलेको बताएका हुन् । पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारले टिकटकमाथिको प्रतिबन्ध लगाएको थियो ।
स्रोतले बताएको छ, “टिकटकमा अराजकता र अनियन्त्रित सामग्रीको समस्या छ तर, विभिन्न क्षेत्रबाट यसलाई खोल्नको पक्षमा आवाज उठिरहेको छ। टिकटकलाई पुनः खोल्ने निर्णय गरेपछि कसरी प्रभावकारी रुपमा नियमन गर्ने भन्ने बारेमा अहिले छलफल भइरहेको छ।”
यसअघि, पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारले विसं २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। अब, नयाँ छलफल र सल्लाहका आधारमा, सरकारले भविष्यमा टिकटकमाथिको निर्णय फेरबदल गर्न सक्ने सम्भावना छ।







