जनकपुरधाम, शुक्रबार / नेपालका गृह मन्त्री रमेश लेखकले आज जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पूजा अर्चना गरेका छन्। मन्दिर परिसरमा आयोजित विशेष पूजा कार्यक्रममा सहभागी भएको हो ।
मन्त्री लेखकले जनकपुरस्थित धनुषा जिल्ला प्रशासन कार्यालयको नयाँ भवनको शिलान्यास पनि गरे। शिलान्यास समारोहमा स्थानीय अधिकारीहरू र जनसमुदायको उपस्थिति रहेको थियो।
यस अवसरमा स्थानीय भक्तजन तथा मन्दिरका पुजारीहरूले मन्त्रीलाई स्वागत गरे। मन्दिर परिसरमा रहेका भक्तजनहरूले मन्त्री लेखकसँग भेटघाट गर्दै आफ्नो समस्याबारे जानकारी गराएका थिए।







