काठमाडौं – माओवादी केन्द्रका सांसद रामकुमार राईले सरकारको कामकारबाहीप्रति गम्भीर प्रश्न उठाउँदै भ्रष्टाचारका फाइल खोल्नुपर्ने वेला टिकटक खोल्न ब्यस्त रहेको भन्ने धारणा व्यक्त गरेका छन्। सरकार बनिसकेको दुई महिना भइसक्दा पनि अहिलेसम्म भ्रष्टाचारको मुद्दा जहाँको त्यही रहेको पनि धारणा व्यक्त गरेका हुन ।

सांसदले हालैको संसद्‌को अधिवेशनमा बोल्दै भ्रष्टाचारको मुद्दामा सरकारले देखाएको उदासीनताप्रति चिन्ता व्यक्त गरेका छन ।उनले सरकारका प्रमुख व्यक्तित्वहरूलाई लक्ष्य गर्दै भने, “भ्रष्टाचारका फाइलहरू धुलोले पुरिएका छन्, दोषीहरूलाई कानुनी कठघरामा उभ्याउनु पर्नेमा राज्यका उच्च पदाधिकारीहरू सामाजिक सञ्जालमा व्यस्त छन्।”

सांसदले भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा सरकारको कार्यशैलीप्रति जनताको विश्वास गुम्दै गएको उल्लेख गर्दै भ्रष्टाचारका मुद्दामा विशेष ध्यान दिनुपर्ने आवश्यकतालाई जोड दिएका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय