बुढानिलकण्ठ, भाद्र १५ गते— राष्ट्रिय युवा संघ नेपाल, बुढानिलकण्ठ १३ वडा समिति द्वारा आउँदै गरेको भाद्र १५ गते शनिबारको दिन रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ। “रक्तदान जीवनदान” नाराका साथ आयोजना हुने यो कार्यक्रम समाजमा रक्तदानको महत्त्वलाई उजागर गर्ने उद्देश्यले सम्पन्न गरिन लागेको हो।

वडा प्राङ्गणमा आयोजना गरिने यस कार्यक्रममा बिहान ८ बजेबाट सुरु हुने जानकारी दिइएको छ। कार्यक्रममा सहभागिताका लागि आयोजक समितिले सम्पूर्ण रक्तदाताहरु, सामाजिक संस्थाहरु तथा स्थानीय बासिन्दालाई सहयोग र सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ। आयोजकले यस कार्यक्रममार्फत् संकलित रक्तले विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा रगतको अभावमा ज्यान गुमाउने अवस्थालाई कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रिय युवा संघ नेपाल बुढानिलकण्ठ १३ वडा समितिको यो प्रयासले स्थानीय तहमा मात्र होइन, सम्पूर्ण देशमा नै रक्तदानप्रतिको जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। कार्यक्रम सफल बनाउन समितिले सबैको सहयोगको अपेक्षा राखेको छ।

कार्यक्रम स्थल: बुढानिलकण्ठ – १३ वडा प्राङ्गण
समय: बिहान ८ बजे देखी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय