कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने पर्वका अवसरमा सोमबार बिहान गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनहरूको ठूलो भिड लागेको छ। विशेषगरी बाबुको सम्झनामा तर्पण, पिण्डदान, तथा सिदादान गर्नका लागि बागमती नदी किनारामा सयौँ भक्तजन उपस्थित भएका छन्।

गोकर्णेश्वर महादेव मन्दिर, जो धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्त्व राख्छ, कुशे औँसीको दिन अझ विशेष सक्रियता देखिन्छ। विशेषगरी दिवङ्गत पिताको नाममा तर्पण र पिण्डदान गर्ने धार्मिक परम्पराको पालना गर्न भक्तजनहरू मन्दिरमा आउने गर्छन्। यस पर्वमा बाबुको मुख हेर्न नपाएका, अथवा बाबु दिवङ्गत भएका व्यक्तिहरूले गोकर्णेश्वरमा आएर धार्मिक विधिहरू सम्पन्न गर्ने चलन रहेको छ।

पर्वको अवसरमा गोकर्णेश्वर क्षेत्रमा भक्तजनहरूको भीड बढ्दै गएपछि सुरक्षा व्यवस्थामा पनि विशेष सतर्कता अपनाइएको छ। स्थानीय प्रशासनले मन्दिर क्षेत्रमा भक्तजनहरूको सहज आवागमनका लागि विभिन्न व्यवस्था गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय