काठमाडौं – पेरिसमा आयोजित पारालिम्पिक्समा ऐतिहासिक सफलता हासिल गर्दै कांस्य पदक बिजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई आज राजधानीमा भव्य स्वागत गरिएको छ। नेपाली खेलकुद इतिहासमा ओलम्पिक खेलकुदमा पदक जित्ने खेलाडीको रुपमा उभिन सफल पलेशालाई नगर परिक्रमासहित विशेष सम्मान दिइएको हो।

स्वागत समारोह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाट सुरु भई गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा सम्पन्न भयो। नगर परिक्रमा गर्ने क्रममा पलेशासहितको नेपाली टोलीलाई हजारौं खेलप्रेमीहरूले स्वागत गरे।

पलेशाले पेरिस पारालिम्पिक्स अन्तर्गत महिला ५७ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्दै कांस्य पदक बिजेता बनेको हो। उनको यस ऐतिहासिक सफलताले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको छ। राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा आयोजित विशेष समारोहमा खेलकुद क्षेत्रका उच्च अधिकारीहरू, खेलाडीहरू, तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

पलेशाले आफ्नो सफलताको श्रेय आफ्नो परिवार, प्रशिक्षक, र सम्पूर्ण देशलाई दिँदै आगामी दिनमा थप पदक जित्ने अठोट व्यक्त गर्नुभएको छ। उनको स्वागत समारोहले नेपाली खेलकुद क्षेत्रलाई नयाँ प्रेरणा र उत्साह प्रदान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय