नेपालको कृषि क्षेत्रले एउटा नयाँ उपलब्धि हासिल गर्दै पहिलो चरणमा २,००० किलो तरकारी कतारमा निर्यात गरेको छ। यो निर्यात प्रक्रिया चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा सम्पन्न भएको हो।
यस अन्तर्गत, दक्षिणकाली नगरपालिकामा उत्पादित विभिन्न किसिमका तरकारीहरूलाई संकलन गरी कतार पठाइएको छ। यो कार्यक्रम नेपालको कृषि क्षेत्रको सुधार र विकासमा नयाँ आयाम थप्न सहयोगी हुने विश्वास गरिएको छ
नेपालको कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न यस प्रकारका निर्यात कार्यक्रमहरूले ठूलो भूमिका खेल्नेछन्। यो कदमले विशेष गरी ग्रामीण क्षेत्रका किसानहरूलाई अन्तर्राष्ट्रिय बजारमा आफ्नो उत्पादन बेच्न प्रेरणा दिनेछ, जसले नेपालको अर्थतन्त्रमा पनि टेवा पुर्याउनेछ।
नेपालको उत्पादनले अन्तर्राष्ट्रिय स्तरमा माग बढ्दै गएमा भविष्यमा अन्य मुलुकहरूमा पनि नेपाली कृषि वस्तुको निर्यात गर्न बाटो खुल्नेछ।







