आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले वृद्धि भएर रेकर्ड बनाएको सुनको मूल्य आइतबार पुनः उकालो लागेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार छापावाला सुन १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि आज उकालो लागेको छ। महासंघका अनुसार, आइतबार चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको १ हजार ८६० रुपैयाँको तुलनामा वृद्धि भएको हो।







